भोजपुर, १० माघ।
भोजपुरमा वहुविवाह आरोपमा कैद सजाय तोकिएका दुई जना फरार अभियुक्तलाई पक्राउ परेका छन् । प्रहरीले वहुविवाह मुद्धामा सजाय फैसला भएका आमचोक गाउँपालिका –४ का ३० वर्षीय उमेश राई र ३१ वर्षीय डम्वर कुमारी राईलाई पक्राउ गरेको हो । दुवै जनालाई जिल्ला अदालत भोजपुरले ११ महिना ११ दिन कैद ५ हजार जरीवना फैसला सुनाएको थियो ।
अदालतबाट सजाय फैसला भईसकेकाले उनीहरुलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ । दुवैजनालाई प्रहरी चौकी वालांखा प्रहरी गरि जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो ।
उनीहरुलाई जेठी श्रीमतीले दिएको उजुरीको आधारमा वुधवार पक्राउ गरि आजबाट कारागार चलान गरिएको हो ।
वालिकाको उद्धार: भोजपुरमा वेवारिसे अवस्थामा फेला परेकी एक वालिकालाई प्रहरीले उदार गरेको छ । प्रहरीले विहिवार विहान भोजपुरको पानीट्याङ्कीमा ना ४ ख ५५४० नम्वरको ट्रक भित्र फेला परेकी दुई वर्षीय वालिकालाई उदार गरि भोनपा १ वडा अध्यक्ष विष्णु कुमार भुजेलको जिम्मा लगाएको हो । वडा अध्यक्ष भुजेल वालिकाको आफन्त समेत रहेको प्रहरी भनाई छ ।
वालिकालाई आमाले नै ट्रक छाडेको हुन सक्ने प्रहरीले जनाएको छ । वालिकाका आफन्तलाई वुझ्दा आमाको मानसिक सन्तुलन कमजोर रहेको वताएको प्रहरीको भनाई छ ।














