
भोजपुर, १० माघ । नयाँ मुलुकी ऐन लागू भएको पाँच महीनामा जिल्ला अदालत भोजपुरमा २० पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन् ।
नयाँ मुलुकी संहितामा पुरुषले पनि सम्बन्धविच्छेदका लागि मुद्दा दिन पाउने व्यवस्था भएसँगै २० पुरुषले सम्बन्धविच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दिएका हुन् ।
जिल्ला अदालत भोजपुरका अनुसार भदौमा नौ, असोजमा तीन, कात्तिकमा दुई, मङ्सिरमा दुई, र पुस महीनाको मसान्तसम्म चार पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दिएका अदालतका नायब सुब्बा नवीन कोइरालाले जानकारी दिनुभयो ।त्यस्तै २१ महिलाले सम्बन्धविच्छेदका लागि मुद्दा दिएका छन् । रास














