
भोजपुर ९ माघ।
३७ वर्षीय महिलालाई वलात्कार गरेको आरोपमा भोजपुरको पौवादुङ्मा गाउँपालिका–३ च्याङग्रेका ३५ बर्षीय राजकुमार कार्कीलाई जिल्ला अदालत भोजपुरले ८ बर्ष कैद सहित ५० हजार क्षतिपूर्तीको फैसला गरेको छ ।
न्यायधिस हरिश्चन्द्र इङ्नामको इजलासले ८ बर्ष कैद र ५० हजार जरिवाना सुनाएको अदालतका सुचना अधिकारी राजकुमार दाहालले वताए । पीडित पक्षले गत कात्तिकमा दिएको उजुरीको आधारमा कार्कीलाई पक्राउ गरिएको थियो ।
कार्कीले असोज २५ गते बलात्कार गरेको प्रहरीले जनाएको छ ।















