
भोजपुर, ८ माघ ।
वहुविवाहको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीले रामप्रसाद राई गाउँपालिका -२ धोद्लेखानीबाट २३ वर्षीय लाल बहादुर दर्जी र कान्छी श्रमती हतुवागढि गाउँपालिका -२ कि निर्मला दर्जीलाई पक्राउ गरेको हो ।
उनीहरुलाई लाल बहादुरकी जेठी श्रीमती प्रमीलाको उजुरी पछि पक्राउ गरिएको हो । विवाहा पछि वडामा मिलाउनका लागि छलफल गरिएकोमा नमीलेपछि प्रहरीमा उजुरी परेको थियो । लाल बहादुरले २०६९ सालमा जेठी श्रीमती प्रमिला संग विवाह गरेका थिए ।जेठी पटि एक जना सन्तान पनि रहेका छन् ।
उनीहलाई जिल्ला अदालत भोजपुरबाट म्याद थप गरि अनुसन्धान सुरु गरेकोे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।














