
भोजपुर ५ माघ ।
नेपाल ज्योतिष परिषदले अरुण गाउँपालिकाको प्याउलीमा गाउँपालिका स्तरिय ज्योतिष शास्त्र प्रशिक्षण केन्द्रको उद्घाटन गरेको छ । केन्द्रको शनिवार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर कार्कीले उद्धघाटन गरेका हुन । गाउँपालिकाका स्थानीयलाई आफ्नै गाउँ ठाउँमा ज्योतिष सम्बन्धी शिक्षा दिने उद्धेश्यले केन्द्रको स्थापना गरिएको नेपाल ज्योतिष परिषद जिल्ला कार्यसमिति भोजपुरका सचिव रमेश सुवेदीले जानकारी दिए ।

केन्द्रमा हिरण प्रसाद गौतम, नारायण प्रसाद घिमिरे र फारस प्रसाद भट्टराई प्रशिक्षण दिइने जनाइएको छ । यसै बिच सोहि ठाउँमा ज्योतीष तथा वास्तु शास्त्र विषयक अन्तरक्रिया कार्यक्रम र कदर पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मार्फत १९ जनालाई जिम्मेवारी सहितको कदर पत्र दिइएको छ ।
नेपाल ज्योतिष परिषद जिल्ला कार्य समिति भोजपुरका अध्यक्ष डम्बर चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा पौवादुङ्मा गाँउपालिका अध्यक्ष किरण राई, अरुण गाउँपालिका अपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकिय अधिकृत प्रदिप गौतम स्थानीय लगाएतको सहभागीता रहेको थियो ।














