१८ वर्षे युवा मृत भेटिए


काठमाडौँ ५ माघ । काठमाडौँको नागर्जुनमा एक व्यक्ति शुक्रबार मृत अवस्थामा भेटिएका छन् ।

नागार्जुन नगरपालिका–४ सीतापाइलास्थित सृष्टि कोलनी नजिक सडक छेउमा काठमाडौँ बूढानीलकण्ठ बस्ने सर्लाही हरिपुर १८ वर्षीय गोरे भन्ने सोम पुलामी मगर मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनको मृत्युको कारण नखुलेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार