
काठमाडौं४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिएका छन् । प्रधानमन्त्री ओलीलाई पहिलो प्रश्न सांसद खगराज अधिकारीले सोधेका थिए । प्रश्नोत्तर जारी छ । हेर्नुहोस् कसको के प्रश्न र प्रधानमन्त्रीको जवाफ :खगराज अधिकारी : हालै चर्चामा आएको नेपाललिक्सबारे सरकारको धारणा के छ र?
जवाफमा प्रधानमन्त्री ओली : सरकार विकास र सुशासनका निम्ति सरकार प्रतिवद्ध छ । आर्थिक अनुशासन जस्ता कुराहरु आवश्यक हुन्छ । र, नेपाल सरकार त्यसका निमित प्रतिद्ध छ । मैले पहिलेदेखि नै भनेको छु, अनियमितताको सन्दर्भमा कुनै प्रकारणको सहिष्णुता हुँदैन । देशलाई घाटा पार्नेसँग कुनै सहिष्णुता हुँदैन । वर्तमान सरकार भ्रष्टाचारविरुद्ध प्रतिवद्ध छ ।ओलीले अखबारमा आएका सबै कुरा सत्य नहुने बताउँदै जवाफ दिने क्रम अगाडि बढाए-
अखबारमा आएका सबै कुरालाई सत्य भन्न मिल्दैन । सबै असत्य पनि होइन । सरकारले ती कुराहरुको आवश्यक खोजतलास र आवश्यक छानविन गर्नेछ । र, तथ्यअनुसार नियमित प्रक्रियामा कानून बमोजिम अगाडि बढाउने छ । देशको सम्पति गैरकानूनी ढंगले लाने, विदेश बैंकमा राख्ने, कानून विपरीत कतै लगानी गर्ने जस्ता कुराहरु उपयुक्त हुन सक्दैन । त्यसप्रति नेपाल सरकार सजग छ । बाँकी छानविन भएपछि सत्यतथ्य भन्न सकिन्छ ।
मिनेन्द्र रिजाल : जिपी कोइराला श्वासप्रश्वास र सुशील कोइराला अस्पताललाई विघटनको संघारमा किन पुर्याइयो, नाम मन नपरेर हो र?
जवाफमा प्रधानमन्त्री ओली : मैले यस सम्बन्धमा नेपाली कांग्रेसका नेता साथीसँग दुईवटा कुरा गरेको थिएँ । एउटा सुशील कोइरालाको नामसँग जोडिएको संस्था अनेक विवादमा छ । त्यसको विवाद कसरी घटाउन सकिन्छ। यसमा निर्विवाद ढंगले छलफल गरौं भनेको थिएँ । र, अर्को जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास अस्पतालका सम्बन्धमा नेपाली कांग्रेसका नेता साथीहरुलाई मैले भनेको थिएँ– चल्ने गरी र देखाउनेगरी फाइदा छैन। चलाउनलाई नेपाली कांग्रेसका नेताहरुले भन्नुभयो -भारतले बजेट दिन्छ । बजेट दिन्छ भने सरकारले प्रक्रिया अघि बढाउनुपर्यो । त्यसलाई बजेटको प्रक्रियामा कसरी लैजाने हो रु यसबारे अलिक छलफल गरौं भनेको थिएँ मैले ।
यसलाई मास्ने, समाप्त पार्ने, नाम मन नपरेको भन्ने जस्तोको सोचाइ आउँछ भन्ने मैले सोचेको थिइनँ । मैले हिजोसम्म यो नेपाली कांग्रेसका नेताहरुलाई भनेको छु । नेपाली कांग्रेसका नेता बिजय गच्छदारसँग पनि हिजो साँझ यसबारेमा छलफल भएको थियो ।
जमिन मात्रै यथावत राखेर हुन्छ रु त्यहाँ अस्पताल बनाउने होला नि रु मैले अस्पताल बनाउने प्रक्रिया अघि बढाउन भन्छु, उहाँहरु जग्गा यथावत राख्नुपर्छ भन्नुहुन्छ ।गगन थापा: डा. गोविन्द केसीसँगको सम्झौता पालना किन नभएको ?
जवाफमा प्रधानमन्त्री ओली : एउटा अनशनको कुरा छ अर्को संसदको सर्वोच्चताको कुरा छ । सम्पूर्ण जनताको सार्वभौम सत्ताको खास प्रयोग गर्ने संसद हो। यसको सार्वभौमिकताको प्रश्न हो । यसप्रति म संसदको सर्वोच्चता प्रति, संसदको विधि निर्माण्मा नतमस्तक छु । १६ औं पटकको अनशन जारी छ । १५ पटकको सम्झौताको चर्चा छ । सम्झौता त्यसभन्दा पनि अगाडि भएका थिए । म निवेदन गर्न चाहन्छु विधि कस्तो हुने रु एक जना अनशन बसेपछि देश नै बन्धक हुने ?जहाँसम्म सरकारले गरेको सम्झौताको कुरा छ । त्यसभित्र दुईवटा कुरा छ । सम्झौता सत्यनिरुपन होइन। सम्झौता सम्झौता हो । ततकालिन परिस्थितिको उपज हो । र तत्तकालिन आवश्यकता हो । त्यस परिस्थितिमा जसरी पनि सम्झौता गर्यो र त्यसप्रति सरकार प्रतिबद्ध छ । संसदमा एन प्रस्तुत गरेको छ । तर प्रधानमन्त्री संसदबाट निर्वाचित हो संसदमा प्रधानमन्त्रीको बुहमत छ भन्नुको अर्थ संसदको सर्वौच्चताप्रति प्रधानमन्त्री वा सरकारले मर्यादालाई गरिमालाई थिचोमिचो गर्न सक्दैन ।














