मृगको छालासहित एक पक्राउ


भविन कार्की, संखुवासभा, ३ माघ ।
प्रहरीले मृगको छालासहत एक जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा ताम्कु प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले स्थानीय उत्तर कुमार राईको घरबाट मृगको छाला बरामद गरेका जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए ।

बरामद गरिएको छालसहित राईलाई आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालयलाई पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी कार्यालयले जनाएको छ । यसैविच प्रहरीले खाँदबारी नगरपालिका वडा–२ अरुण वेतेनी सामुदायिक वनबाट सखुवाको काठ सहित ६ जनालाई पक्राउ गरेको छ ।

अरुण वेतेनी सामुदायिक वनबाट प्रहरीले करिब २७ किबि सखुवाको काठ वरामद गरी डिभिजन वन कार्यालय बुझाएको जनाएको छ ।
पक्राउ पर्नेमा खाँदबारी २ का सुवास विक, तिर्थ कमार राई, विशाल राई, विरेन कुमार राई, तारा कुमार राई र सुर्जमान राईलाई काठ सहित रंगेहात प्रकाउ गरिएको संखुवासभा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार