भोजपुर टुँडीखेलमा भाग दौड मच्चिएपछि…..


भोजपुर,२ माघ ।
आज २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस,देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ  । वि.सं.१९९० साल माघ २ गते महाभूकम्प गएको सन्दर्भ पारेर २०५५ सालदेखि भूकम्पीय सुरक्षा दिवस मनाउन थालिएको हो ।

डेमो प्रदर्शन गर्दै सुरक्षाकर्मी

भूकम्पबाट जोगिन र सुरक्षित रहनका लागि के कस्ता विधि अपनाउन सकिन्छ ? भन्नेबारे सचेतना फैलाउने उद्देश्यले आज देशैभर विभिन्न सचेतनामूलक कार्यक्रम गरिने राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले जनाएको छ ।

भूकम्पबाट ठूलो जनधनको क्षति नहोस् भन्नका लागि दिवस मनाउन थालिएपनि नेपालमा २०७२ सालको भूकम्पले ठूलो क्षति पु¥याएको थियो ।
दिवसको अवसरमा भोजपुरमा प्रभातफेरी तथा सुरक्षाकर्मीको संयोजनमा भुकम्प आईहालेमा कसरी वच्ने भन्ने विषयमा टुडीखेलमा डेमोसमेत प्रदर्शन गरिएको थियो ।

डेमो प्रदर्शन गर्दै सुरक्षाकर्मी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार