
मोरङ । मोरङको केराबारीमा पिकअप भ्यानको ठक्करबाट ८ बर्षिय बालकको मृत्यू भएको छ । मोरङ केराबारी गाँउपालिका वडा नं। ८ मा को २ च १९३५ नम्वरको पिकप भ्यानले बच्चालाई ठक्कर दिदाँ वालकको घटनास्थलमै मृत्यू भएको हो । भ्यानले स्थानिय होम भन्डारीको छोरा ८ वर्षीय समीर भन्डारीलाइ ठक्कर दिदा घटनास्थलमै मृत्यू भएको इलाका प्रहरी कायार्लय केराबारीले जनाएको छ ।














