अनुशाको वलात्कारपछि हत्याअभियोगका दम्पतीलाई जन्मकैद


१ माघ ।
१३ वर्षीया बालिका अनुसा राईको बलात्कारपछि हत्या घटनामा पुर्पक्षका लागि थुनामा रहेका धरान–१६, पुन्यमार्गका बलिमान राई र उनकी श्रीमती पदमकुमारी राईलाई जन्मकैदको सजाय सुनाइएको छ ।

धर्मपुत्री बनाएर राखिएकी बालिका अनुसाको २०७३ फागुन १६ गते बलिमानको घरमै बलात्कारपछि हत्या गरिएको आरोपमा बलिमान दम्पतीलाई प्रहरीले पक्राउ गरेको थियो ।

हत्याको २२ महिनापछि सोमबार सुनसरी जिल्ला अदालतका न्यायाधीश खिमनन्द भुसालको इजलासले उनीहरुलाई जन्मकैदको फैसला सुनाएको हो । घटना लगत्तै प्रहरीले गम्भीरता नदेखाएको भन्दै स्थानीयहरुले आन्दोलन गरेका थिए । आन्दोलनकारीले बलिमानको घर तोडफोड गरेपछि प्रहरीले अश्रुग्याँस समेत प्रहार गर्नुपरेको थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार