पौवादुङमा गाउँपालिकाद्धारा अग्नी पीडितलाई राहत वितरण


भोजपुर,३० पुस ।

भोजपुरको पौवादुङमा गाउँपालिकाले अग्नी पीडितलाई राहत वितरण गरेको छ । गाउँपालिकाले आगलागी पीडित वडा नम्वर –३ च्याङ्ग्रका स्थानिय कुमार श्रेष्ठलाई राहत दिएको हो ।

पीडित श्रेष्ठलाई नगद ८ हजारसंगै खाद्यन्न तथा भाडा वर्त पनि वितरण गरिएको छ । राहत स्थानिय, सुरक्षाकर्मी तथा कर्मचारीको उपस्थितिमा गाउँपालिका उपाध्यक्ष सम्झना राईले सोमवार हस्तान्तरण गरेको गाउँपालिकाका सुचना प्रविधि अधिकृत महेश निरौलाले जानकारी दिए । यहि पौष १५ गते आगलागीबाट श्रेष्ठको घरमा रहेको सम्पुर्ण साम्रगी जल्दा तीन लाख ६० हजार वरावरको क्षति भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार