भोजपुर अन्नपुर्णका ८ जना व्यक्ति व्यक्तित्व सम्मानित


भोजपुर,२८ पुस ।

भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका –३ अन्नपुर्णमा रहेको दिल्पा वचत तथा ऋण सहरकारी संस्थाको १२ औं साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभा मार्फत सांगठनिक प्रतिवेदन हिराधन कटुवाल र ७४ लाख वरावरको आर्थिक प्रतिवेदन व्यावस्थापक मकना देवि चर्मकारले प्रस्तुत गरेकी थिइन् ।

सोही अवसरमा सहकारीका सस्थापक अध्यक्ष उद्धव राई, सदस्यहरु अम्वर गिरी र राजन गिरीलाई सम्मान गरिएको छ ।
त्यस्तै सहकारीका जेष्ठ सेयर सदस्य धनप्रसाद घिमिरे र महिला तर्फ पवित्रा वस्नेतलाई सम्मान गरिएको छ भने उत्कृष्ठ वालवचत तर्फ सौगात राई र निहारिका विसुन्के लाई पनि सम्मान गरिएको छ ।  त्यसै गरि सहकारीबाट कर्जा लिएर उत्कृष्ट व्यावसाय गर्ने गंगा गुरुङ्गलाई सम्मान गरिएको गरिएको हो ।

चौंथो वार्षीक साधारण सभा सम्पन्न
भोजपुरको सिद्धेश्वरमा रहेको घाम छाँया महिला बचत तथा ऋण सहकारी संस्थाको चौथो वार्षीक साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको साधारण सभा मार्फत संस्थाको आर्थिक प्रतिवेदन संस्थाकी कोषाअध्यक्ष सावित्री खड्का र वार्षीक कार्ययोजना तथा वार्षीक प्रगती प्रतिवेदन संस्थाकी अध्यक्ष कमला प्रधान राईले गरेकी थिइन् । सभा मार्फत संस्थाको जम्मा रकम १३ लाख ६४ हजार ४ सय ६२, आम्दानी ८४ हजार ८ सय ७ र खुद नाफा ५ हजार ५ सय ८ रुपैंया रहेको जानकारी दिइएको छ । संस्थामा २ सय ८ जना शेयर सदस्यहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार