
बाँके, २८ पुस । कोहलपुर नगरपालिका –११ पुरानो बसपार्कमा शव फेला परेको छ । २३ वर्षीय युवकको घाँटी आधा रेटेर हत्या भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
सुर्खेत सिम्ता गाँउपालिका – ४ का दिपकसिंह ठकुरी मृत अवस्थामा फेला परेका हुन् । मृतकको घाँटीमा धारीलो हतियार प्रयोग गरि हत्या गरिएको प्रहरीले बताएको छ । मृतक ठकुरी कोहलपुरमा भाउजुको घरमा बस्दै आएका थिए ।
बिहान करिब ४ बजे फोन आएर उनी घरबाट निस्केको परिवारले जनाएको छ । के कति कारणले यस्तो घटना भएको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।














