खाँदबारीमा माघ २ देखि १४ गतेसम्म आँखा शिविर हुने


संखुवासभा,२७ पुस। खाँदबारी नगरपालिका र तेजरत्न आखाँ तथा कान उपचार केन्द्रको आयोजनामा माघ २ गते देखि १४ गतेसम्म सञ्चालन हुने भएको छ । खाँदबारी नगरपालिकाका मेयर खतिवडाले नगरभित्र आँखाका विरामी धेरै बढेकोले केन्द्रसंगको सहकार्यमा शिविर सञ्चालन गर्न लागिएको जानकारी दिए ।
नगरभित्र भएका सम्पुर्ण आँखाका रोगीहरुलाई शिविरमा उपस्थित गराउन आँखा उपचार केन्द्रका इन्जार्च छितिज बरारले आग्रह गरेका छन् । वडामा पुगेर छनौट गरिएका विरामी समेत शल्यक्रियामा नआउने गरेको बरालले बताए । नगरका सम्पुर्ण विरामीहरुलाई शल्यक्रियाको वातावरण मिलाउन वडाअध्यक्ष तथा जनपतिनिधिहरुलाई बरालले आग्रह गरे ।
खाँदबारी नगरपालिकाका स्वास्थ्य संयोजक डा. अमुल्य दहालले यस्तो मौका फेरी फेरी नआउने भन्दै एक स्वास्थ्य मान्छेले पनि कम्तिमा वर्षमा दुईपटक आखाँको जाँच गराउन सुझाव दिएका छन् । दाहालले धेरै टाढाका विरामी र अशक्त बिरामीलाई ध्यानमा राख्दै शिविरको आयोजना गरिएकाले मौकाको फाइदा उठाउन आग्रह गरेका छन् ।
नगरपालिकाका सम्पुर्ण वडामा सञ्चालन शिविरबाट छनौट भएका मोतियाबिन्दुका विरामीको शल्यक्रिया माघ २५ गते गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार