सम्बन्ध विच्छेदका मुद्दा बढे


भीमदत्तनगर, २४ पुस । गत भदौदेखि नयाँ मुलुकी देवानी संहिता ऐन, २०७४ लागू भएसँगै कञ्चनपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् ।

विगतको भन्दा तुलनात्मकरूपमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गइरहेको कञ्चनपुर जिल्ला अदालत महेन्द्रनगरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए। अदालतमा सम्बन्ध विच्छेदका ४९ मुद्दा दर्ता भएका छन् जसमा २५ मुद्दा पुरुषले दर्ता गरेको अदालतले जनाएको छ । पुरानो मुलुकी ऐन विस्थापित भएर नयाँ मुलुकी देवानी संहिता ऐन लागू भएयता सम्बन्ध विच्छेदका लागि पुरुष पनि अदालत धाउन थालेका छन् ।

नयाँ कानून लागू भएपछि अन्य प्रकारका मुद्दामा कमी आएको छ भने सम्बन्ध विच्छेदका मुद्दा बढेको कञ्चनपुर जिल्ला अदालतले जनाएको छ । उहाँका अनुसार नयाँ कानून लागू भएसँगै पुरुषले आफ्नो हक प्रयोग गर्दै सिधै अदालतमा मुद्दा दर्ता गर्न पाउने भएका कारण सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको वताए। गत आर्थिक वर्ष २०७४/०७५ सम्बन्ध विच्छेदका ४३ मुद्दा दर्ता भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार