भोजपुर,२४ पुस।
भोजपुरमा आपतकालिन केन्द्र सञ्चालनमा आएको छ । २४ सै घण्टा सेवा प्रदान गर्ने लक्ष्यका साथ केन्द्रलाई सञ्चालन ल्याइएको जिल्ला प्रसासन कार्यालय भोजपुरले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयको भवनबाट सञ्चालनमा आएको केन्द्रले जिल्लामा भएका विपतसंग सम्बन्धित घटनाको सूचना संकलन गरी जिल्ला र केन्द्रमा जानकारी गराउने सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । केन्द्रलाई सशस्त्र प्रहरीका कर्मचारी मार्फत सञ्चालन ल्याइएको छ, भने राहत र उद्धारका लागि नेपाल स्काउटको भवनमा सामान स्टोर गरिएको छ ।
केन्द्र सञ्चालनका लागि क्षेत्रीय प्रशासन कार्यालय धनकुटाबाट करिब ४ लाखको सामाग्री आइसकेको र जिल्लाका ७ गाउँपालिकाबाट १ लाख , २ नगरपालिकाबाट २ लाखको सामग्री आउने क्रम रहेको छ । त्यस्तै आन्तरिक मामीला तथा कानुन मन्त्रालय १ नम्बर प्रदेशमा पनि सामाग्री माग गरिएको कार्यालयले जनाएको छ ।
केन्द्रले जिल्लाका ९ वटै स्थानियतहसंग विपतसंग सम्बन्धित घटनाको सूचना आदान प्रदानमा समन्वय गरेर काम गर्ने सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले वताए । केन्द्र सञ्चालनले विपतका घटनाको सूचनालाई तथ्य परक रुपमा समयमै संकलन गरी सम्बन्धित निकायमा सम्प्रेषण गर्दै घटना हुनै नदिन र भएमा पनि ठूलो जनधनको क्षति हुनबाट रोक्न सहयोग पुग्ने जनाइएको छ ।