ट्याङकी बिस्फोटमा ४ घाईते


बेलबारी । मोरङको सुन्दरहरैँचा १५ बलियामा रहेको शिभ ट्रयाक्टर ग्यारेजमा ट्रकको ट्याङकी बिस्फोट हुँदा ४ जना घाईते भएका छन् । शनिबार दिउँसो ४ बजेको समयमा ट्रकको तेलको ट्याङकी खोलेर बनाउने क्रममा ट्याङकीमा ग्याँस जमेर बिस्फोट हुँदा भारत हरियाना घर भई हाल जिल्ला मोरङ सुन्दर हरैचा नगरपालिका ४ स्थितमा शिभ ट्याक्टर ग्यारेज साहु बर्ष ३५ को शिब कुमार शर्मा, बर्ष ५० को पवन महत्तो, सुन्दर हरैचा नगरपालिका९४ बस्ने बर्ष २१ को शिभ नारायण चौधरी, बर्ष ३८ को ओम बहादुर खड्का घाईते भएका हुन् ।

घाईते शर्मा र महतोलाई उपचारको लागि बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएको छ भने अन्य २ जनाको स्थानीय मेडीकल गच्छियामा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार