
भोजपुर, २२ पुस ।
भोजपुरको हतुवागढी गाउँपालिकामा ल्याण्डरोभर दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । हसनपुरबाट घोरेटार आउदै गरेको स १ ज ९० नम्बरको ल्याण्ड रोभर आज दिउँसो १ बजे ब्रेक फेल भएर वडा नम्बर ४ – खैराङ्को वडा कार्यालय छेउमा दुर्घटना भएको हो ।
घाइतेमध्ये ३ जनाको अवश्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ । दुर्घटनामा परी घाइते हुनेमा हतुवागढी गाउँपालिका ४ खैराङ्का अम्बर कार्की, हतुवागढी २ का लङ्कमान राई, मनमाया राई, पृतम राई, आमचोक गाउँपालिका –६ का जितमान राई, आश्मा राई, कुशुम राई, आमचोक – २ का शन्तोष चौहान, हतवागढी –१ का गोपाल बस्नेत, चालक सुनसरी बराहाक्षेत्रका जिवन सुवेदी, सहचालक हतुवागढि –५ का यादव श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा हतुवाढी –२ शंखरानी आधारभुत विद्यालयका शिक्षक लङकमान राई, पृतम राई र जितमान राई गम्भिर घाइते हुनु भएको छ ।
घाइते सबैको दुर्घटना स्थल प्राथामिक स्वास्थ्य चौकि घोरेटारको समान्य उपचार पछि थप उपचारका लागी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रीफर गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ ।