घुम्ती शिविर मार्फत ८ सय बढिले लिए सेवा


भोजपुर,१९ पुस ।
भोजपुरको पौवादुम्मा गाउँपालिकामा घुम्ती शिविर मार्फत ८ सय बढिले सेवा लिएका छन् । जिल्ला प्रशासन कार्यालय भोजपुरको आयोजनामा भएको शिविर मार्फत ८ सय ३२ जनाले विभिन्न कार्यालयको सेवा एक साथ लिएका हुन् ।
शिविरमा १२७ जनालाई नागरिकता वितरण, १७९ जनाको स्वास्थ्य परीक्षण तथा निशु्ल्क औषधी वितरण, आयुवेद्ध अन्तगर्त, ३४ जनालाई योगा र ३७ जनालाई जडिबुटी सम्बन्धी तालिम, १२७ जनाको मतदाता नामावली दर्ता, घरेलु तथा साना उद्योग माफर्त ३ ओटा उद्योग र ११ व्यवसाय दर्ता भएका छन् ।
त्यस्तै कृर्षी ज्ञान केन्द्रबाट ३१ जनाको वाली उपचार तथा निशुल्क जैविक विषादी वितरण र ६० जनालाई प्राविधिक परामर्श, ८ जनालाई अपाङगता परिचय पत्रका लागि सिफारीस, र २१५ जनालाई रुद्राक्षको विरुवा वितरण गरिएको सहायक प्रमुख लिल्ला अधिकारी प्रयास भट्राईले जानकारी दिए ।
गाउँमै सेवा पाएपछि स्थानिय पनि खुशी भएका छन् । शिविर पौवादुङमा गाउँपालिका वडा नम्बर –४, वास्तिम वडा नं ५ सानोदुम्मा र ६ ठुलोदुम्माको सहयोगमा सञ्चालन गरिएको हो । वुधवारबाट शुरु भएको शिविर आज सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार