
भोजपुर,१४ पुस ।
भोजपुर नगरपालिका वडा नम्बर –३ गुप्तेश्वरको बलौटेमा टिपर दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ । शुक्रवार साँझ ६ः३० वजे को १ ख ५८९७ नम्बरको टिपर सडकबाट ४८ मिटर तल खस्दा भोजपुर नगरपालिका वडा नम्बर– ४ सिद्धेश्वरका १४ वर्षीय बालक रविन खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ ।
मध्येपहाडी लोकमार्ग अन्तर्गत सडक स्तरउन्नतीका लागि भैसीपंखाबाट ढुंगा लिएर गुप्तेश्वर तर्फ जाँदै गरेको टिपर अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटना पश्चात टिफरका चालक विमल खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बालकको शव पोष्मार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा राखिएको छ ।