

भोजपुर, १३ पुस ।
माछापुच्छ्रे बैंकले टेम्केमैयुङ गाउँपालिकाको २ वटा वडामा शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको छ । बैंकले गाउँपालिकाको वडा नम्बर ७ कोट र वडा नम्बर ९ लेर्खकको पाँचधारेमा विहिबार सेवा बिस्तार गरेको हो ।
संघीय संरचना अनुसार स्थानिय स्तरमा रहेका जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने उद्धेश्यले शाखा बिस्तार गरेको बैंकका भोजपुर शाखा प्रमुख प्रविन राईले जानकारी दिए । नागरीकले यो सेवा अन्तर्गत २ लाख सम्म जम्मा गर्न र १ लाख रुपैंया सम्म झिक्न, रेमिट्यान्सको भुक्त्तानी लिन सक्ने, र नयाँ खाता सम्म खोल्न सक्ने जनाइएको छ ।
स्थानिय स्तरमा नै बैंकको शाखा आएपछि सदरमुकाम सम्म आउनु पर्ने झन्झट अन्त्य भएसंगै समयको बचत र पैेसाको पनि बचत भएको बताएका छन् । दुई वटै शाखा रहित सेवाको गाउँपालिका अध्यक्ष धुव्रराज राईले उद्धघाटन गरेका हुन् । उद्धघाटनमा बैंकका १ नम्बर प्रदेशका म्यानेजर अजय आचार्यको पनि उपस्थिती रहेको थियो ।














