

भोजपुर,२८ मंसिर ।
भोजपुरको पौवादुङमा गाउँपालिका केन्द्रमा अस्थायी प्रहरी चौकी उद्घाटन भएको छ । गाउँपालिकामा सुरक्षा प्रदान गर्न लागि निकै लामो समयको पहलपछि प्रहरी चौकी स्थापना भएको हो ।
प्रहरी चौकी स्थापना भएसंगै गाउँपालिकाको आर्थिक करोवार गर्नको लागि वैक स्थापना गर्न सहज भएको गाउँपालिकाले जनाएको छ ।
प्रहरी चौकीमा हवल्दार कुल वहादुर रुम्दालीको नेतृत्वामा ५ जना प्रहरी रहने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशव थेवेले जानकारी दिए ।
कार्यक्रममा वोल्दै प्रमुख थेवेले स्थानिय तहले जग्गाको व्यवस्था गर्न पहल गरे चौकीलाई स्थायी वनाउन सहज हुने वताए । गाउँपालिका प्रमुख किरण राईले प्रहरी चौकी स्थापनाले गाउँपालिका क्षेत्रमा शान्ती सुरक्षा कायम गर्न सहज भएको वताए ।
साथै उनले प्रहरी चौकीलाई परि आउने विभिन्न समस्या समाधानमा स्थानिय तहले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । गाउँपालिकामा रहेको पशुसेवा कार्यालयको भवनमा प्रहरी चौकी स्थापना गरिएको हो ।















