
लहान, २५ मंसिर ।
विद्युत् सर्ट भएर आज साँझ सप्तरीको बोदे बसाइन नगरपालिका–१ स्थित धनगढीमा आगलागी हुँदा करीब १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय सत्यनारायण साहको घरमा विद्युत् सर्ट भएर साँझ ६ बजेतिर भएको आगलागीमा उहाँको दुई वटा घर, स ४ प ४१९३ नम्बर मोटरसाइकल, नगद ८० हजार, एक थान सोनी कम्पनी कम्प्युटर, एक थान टिभी तथा धान, चामल, गहुँ लगायतका सम्पूर्ण समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बोदे बसाइनले जनाएको छ ।
प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आएको जनाएको छ ।














