पौवादुङमा गाउँपालिकामा वक्तृत्वकला सम्पन्न


भोजपुर, २४ मंसिर ।
भोजपुरको पौवादुङमा  गाउँपालिकामा माध्यमिक विद्यालय स्तरिय लैगिक हिंसा न्यूनिकरणमा विद्यार्थीको भुमिका भन्ने विषयमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।
प्रतियोगितामा तिवारीभञ्याङ्ग माध्यमिक विद्यालयका प्रदिप तिवारी प्रथम, राधाकृष्ण माध्यमिक विद्यालयका विरेन्द्र तामाङ्ग दितिय र पञ्चकन्या माध्यमिक विद्यालयका मेगराज कटुवाल तृतिय वनेका छन् ।

त्यस्तै मानेडाँडा माध्यमिक विद्यालयकी यसोदा कटुवाल र सुर्योदय माध्यमिक विद्यालयका अर्जुन राई सान्तवाना वनेका छन् । विजेता हुनेले प्रमाण पत्रको साथमा क्रमश २ हजार, १५ सय, एक हजार ५/ ५ सय पाएका छन् ।
‘लैंगिक हिंसा र दुव्र्यवाहर छैन हामीलाई स्वीकार’ भन्ने मुल नाराका साथ भएको कार्यक्रम पौवादुङ्मा गाउँपालिका अध्यक्ष किरण राईको अध्यक्षतामा भएको गाउँपालिकाका सुचना प्रविधि अधिकृत  महेश निरौलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार