म्युजिक भिडियो छायाङकनका लागि दुुर्गा बान्तवा राईद्धारा दश लाखको म्यामेरा खरिद


भोजपुर २३ मंसिर ।
म्युजिक भिडियो छायाङकन लाई गुणस्तरिय बनाउन खोटाङका दुुर्गा बान्तवा राईले फो के क्यामेरा खरिद गरेका छन् । दश लाख मुल्य बरावरको यो क्यामेराले गुणस्तरिय म्युजिक भियो खिच्न सकिने राईको दावि छ ।

लामो समय दखि संगितीक क्षेत्रमा काम गर्दै आएका राई विगत छ बर्ष देखि रोजगारीको सिलसिलमा मलेसियमा वस्दै आएका छन् । प्रवासमा बसेरै भएपनि राई भिडियो छायाङकन तथा निर्देशकको रुपमा पनि काम गर्दै आएका छन् ।

उनले छायाङकन गरेको म्युजिक भियोले राम्रो प्रतिक्रिया आउन थपाले पछि यस क्षेत्रलाई अझै प्रभावकारी तथा गुणस्तरीय बनाउनलाई आवश्यक प्रर्ने सोनिका दुई थान र क्यानोन कम्पनिको फो के मोडलको एक थान क्यामेरा खरिद गरेको राईले बताए ।

सधै वैदेशिक रोजगारमा वस्नु भन्दा आफै व्यवसायीक रुपमा म्युजिक क्षेत्रमा लागेर काम गर्ने उद्देश्यको साथ क्यमेरा खरिद गरेको राईको भनाई छ । छोटो समयमै राम्रो चर्चा बोटुलेका राईको सवैको हौसला तथा साथसहयोग पाएमा अझै राम्रो काम गर्ने सोच रहेको पनि उनको भनाई छ । राईले दुई दर्जन भन्दा बढी म्युजिक भिडिाय छायाङकन गरि सकेका छन् ।

 को मेइमा देश प्रदेश म्युजिक कम्पनीले मलेसियामा खुल्ला एकल डान्स कम्पिटिसन प्रतियोगिता गराएको बेला पनि दुर्गा बान्तावा राईले मुख्य जर्जको भुमिका निभाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार