भोजपुरमा समुदायमा आधारित विपत जोखिम न्युनिकरण तालिम शुरु


भोजपुर, ९ कात्तिक।

समुदायमा आधारित विपत जोखिम न्युनिकरण तालिम भोजपुर सदरमुकामा सुरु भएको छ । यहि १४ गते सम्म सञ्चालन हुने तालिममा अरुण गाउँपालिका वडा नं– ४ चरम्वी, वडा नं–६ जरायोटार र वडा नं ७ सिक्रेटारका लक्षित वर्ग सामाजिक परिचालक र भोजपुर नगरपालिकाका प्रतिनिधी गरी २४ जनाको सहभागीता रहेको छ ।

तालिममा विषेश गरेर विपत हुनु भन्दा अगाडि गर्नु पर्ने काम, समुदायमा भएका समस्या पहिचान गर्ने,  अपाङग, अशक्त, सुत्केरी, वृद्ध, वृद्धा बालबलिकालाई विपत भएको बेला कसरी समावेशी तरिकाले समेट्ने लगाएतका विषयमा अभिमुखिकरण गराइने जनाइएको छ ।

त्यस्तै तालिमबाट दक्ष जनशक्क्ति उत्पादन गरेर अन्य जिल्लामा पनि विपतको क्षेत्रमा काम गर्न सकिने  नेपाल रेडक्रस सोसाइटी भोजपुर साखा प्रमुख तुल वहादुर शुव्बाले जानकारी दिए ।  यो वर्षबाट भोजपुरको अरुण गाउँपालिकाको तीन ओटा वडामा पुनः दोश्रो चरणको विपत जोखिम न्युनिकरण  कार्यक्रम सञ्चालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार