
भोजपुर, १८ असोज ।
लेगुवा–भोजपुर खण्डको भाडासंगै ग्यासको मुल्य घटाइएको छ । चाडवाड नजिकिएसंंगै विहिवार जिल्लाका सरोकारवाला निकायको वैठकले मुल्य तथा भाडादर घटाएको हो ।
भोजपुरलाई तराईका जिल्लासंग जोड्ने भोजपुर–लेगुवा सडकको स्तरउन्नती भएसंगै भाडा एक सय रुपैया घटाएको हो । ६६ किलोमिटरको सो सडक खण्डमा यात्रुहरुले ५ सय रुपैया तिर्दै आएका थिए । त्यस्तै यहि २४ गतेबाट लागुहुने गरि ग्यासको मुल्यमा ७५ रुपैया घटाइएको छ ।
व्यावसायीहरुले ग्यास प्रतिसिलिन्डर १८ सय ७५ रुपैयामा वेच्दै आएकोमा १८ सयमा झरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए। त्यस्तै जिल्लामा वेलुका ८ वजेपछि मदिरा विक्री वितरणमा समेत रोक लगाएको छ ।
छलफलमा प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल, जिल्लाका राजनैतिक दल, उद्योग वाणिज्य संघ, सुरक्षा निकाय, बस व्यावसायी, मासु व्यावसायी, होटल व्यावसायी, नागरिक समाज, सञ्चारकर्मी लगाएको सहभागिता रहेको थियो ।














