भोनपा –४ शिद्धेश्वर पुर्ण सरसफाई उन्मुख वडा घोषित


भोजपुर, १८ असोज।
भोजपुर नगरपालिका वडा नम्बर–४ शिद्धेश्वरलाई पुर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । वडा भित्रका सबै नागरीकले २२ वटा सुचक पुरा गरेपछि बुधबार एक कार्यक्रमका बिच वडालाई सरसफाई उन्मुख वडा घोषणा गरिएको हो ।

पुर्ण सरसफाईका सुचकहरुको नियमित रुपमा पालना गरी आ– आफ्नो घर आँगन, चर्पी, भान्छा ,बाटो घाटोको सरसफाई तथा घरबाट निस्केको फोहोर पानीको उचित व्यबस्थापन भएपछि पुर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो ।
कार्यक्रममा वोल्दै वडा अध्यक्ष प्रेम बहादुर भण्डारीले सरसफाई सभ्यताको सूचक भएको तर्क गर्दै पूर्ण सरसफाईका सवै विषय र सूचकहरु पालना गर्नुपर्ने वताए ।


पूर्ण सरसफाई घोषणाको अवस्था सम्म आउन स्थानीय समुदायले ठूलो मेहनत गरेको वताउदै यसको दीगोपना र निरन्तरता जरुरी रहेको पनि उनको भनाई थियो ।
पुर्ण सरसफाई उन्मुख वडा घोषणा कार्यक्रममा प्रमुख अतिथि, जनप्रतिनिधी, वडाबासीले सफा वडा बनाउन हस्ताक्षर गरेर प्रतिबद्धता समेत जाहेर गरेका छन् । विभिन्न जातजातीको झाकि प्रदशन र साँस्कृतीक कार्यक्रमका साथमा सरसफाई उन्मुख वडा घोषणा गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार