टेम्केमैयुङ्ग गाउँपालिका –ं ३ अन्नपुर्ण पुर्ण सरसफाइ उन्मुख वडा घोषणा


भोजपुर, १४ असोज ।
भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका वडा नं -३ अन्नपुर्णलाई स्वच्छ सरसफाई तथा पुर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको छ ।

आइतवार एक कार्यक्रम विच वडालाई सरसफाई उन्मुख वडा घोषणा गरिएका हो ।कार्यक्रमका सहभागीहरुले पुर्ण सरसफाई उन्मुख वडा घोषणा गरेर मात्र नपुग्ने भन्दै आमगी दिनमा पनि वडावसीले सरसफाईमा निरन्तरता दिनु पर्नेमा जोड दिए ।

वडा नं –३ का वडा अध्यक्ष पुर्ण प्रसाद राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति गाउँपालिकाका प्रवक्ता तथा वडा नं- ५ का वडा अध्यक्ष सुनिल राई र भने विषेश अथिति समाजसेवी भिम प्रसाद राई रहेका थिए ।

वडालाई गाउँपालिका, वडा कार्यालय तथा सुआहाराको सहयोगमा पुर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको हो । कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि वडावासी लगाएतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार