भोजपुरमा प्रथम अन्तराष्ट्रिय सांकेतिक भाषा दिवश मनाइयो


भोजपुर, ७ असोज ।
प्रथम अन्तराष्ट्रिय सांकेतीक भाषा दिवश आइतवार भोजपुरमा पनि भव्य रुपमा मनाइएको छ । विदशको अवसरमा भोजपुरको लोकतान्त्रिक गेटबाट मुख्य वजार हुदै वाहिरा आवाशिय आधारभुत विद्यालय सम्म ¥याली निकालिएको थियो ।

¥याली पस्चात कार्यक्रममा वोल्ने वक्ताहरुले फरक क्षमता भएका मानिसहरुको हक अधिकारको लागि राज्यले विषेश ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।

साथै सहभागीहरुले वहिरा विद्यालयको विकास तथा विस्तारको लागि सवैले आफ्नो ठाउबाट सहयोग गर्नु पर्नेमा समेत वताए । भोजपुर वहिरा संघका अध्यक्ष सिताराम ओझाको अध्यक्षमा भएको कार्यक्रममा भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आले, उपमेयर ममिता राई, प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल उद्योग वाणिज्य संघ, विभिन्न संघ सस्थाका प्रतिनिधि सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो ।

सो कार्यक्रम व्यवस्थापनको लागि पे्रम खनालले अमेरकिाबाट ११ हजार ३ सय २१ रुपैया सहयोग गर्नु भएको भोजपुर वहिरा संघका अध्यक्ष सीताराम ओझाले जानकारी दिए । दिवसको अवसरमा आइतवार साँझ विद्यालयमा दिप प्रज्वलन समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार