
भोजपुर, ८ असोज ।
पानी फर्काउन गएकी वालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय भोजपुरले एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले भोजपुर नगरपालिका –१ डाँडा वोखिमका २५ वर्षीय मदन कुमार राईलाई पक्राउ गरेको हो ।
राईले गत असोज २ गते वेलुका घरको लागि पिउने पानी फर्काउन गएकी १५ वर्षीय वालिकालाई वारीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पीडीत वालिकाले दिएको किटानी जाहेरीको आधारमा राईलाई गत विहिवार पक्राउ गरि म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी चरित्र विक्रम कार्कीले जानकारी दिए ।
वालिकाको उजुरीमा आफुलाई लछारपछार गरि मुख थुनेर जनिकै वारीमा लगेर करणी गरेको उल्लेख रहेको जनाइएको छ















