भोजपुर,८ असोज । जिल्ला प्रहरी कार्यालय भोजपुुरले कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तलाई २३ वर्ष पछि पक्राउ गरेको छ । भोजपुर नगरपालिका –४ शिद्धेश्वर ठेगाना भएका मोहन भनिने ४२ वर्षीय विष्णु प्रधानलाई पक्राउ गरेको हो ।
प्रधानले २०५२ साल ७ असोजमा स्थानिय केदार वहादुर खड्काको हत्या गरेको अभियोगमा जिल्ला अदालत भोजपुरले १० वर्ष कैद फैसाला गरेको प्रहरीले जनाएको छ ।
कैद फैसला पछि फरार रहेका प्रधानलाई प्रहरीले मोरङ्गको उर्लावारीबाट पक्राउ गरि आइतवार जिल्ला अदालत भोजपुरमा हाजिर गराएको थियो ।
अदालकोे आदेश अनुसार प्रधानलाई १० वर्षको लागि कारागार चालन गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी चरित्र विक्रम कार्कीले जानकारी दिए ।