भोजपुर, ३१भदौ ।
नगरपालिका तथा गाउँपालिका स्तरीय पुननिमार्ण सम्बन्धी कार्ययोजना निर्माण तथा कार्यशाला गोष्ठी भोजपुर सदरमुकाममा सम्पन्न भएको छ ।
भूकम्पबाट क्षति भएका निजी आवास लगायतका भौतिक संरचनाहरूको पुनर्निर्माणमा भूकम्प प्रभावित क्षेत्रका स्थानीय तहहरूलाई परिचालन गरिने प्राधिकरणको निर्णय भएसंगै स्थानीयतहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधीकृत इन्जीनिइर लगाएतलाई अभिमुखिकरण गराइएको हो ।
गत भाद्र २१गते प्रधानमन्त्री तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले पुनर्निर्माणको कामलाई थप गति दिन स्थानीय तहलाई परिचालन गर्ने निर्णय गरेको थियो । समितिको भूकम्पबाट क्षती भएका संरचनालाई छिटो पुननिमार्ण गर्ने सम्बन्धमा गाउँपालिका तथा नगरपालिकामा पुननिमार्णको बस्तुगत स्थिती बुझ्नका लागि तथा राष्ट्रिय पुननिमार्ण सम्बन्धमा गाउँपालिका तथा नगरपालिकाको खाका समेत तयार गर्नेका लागी गोष्ठिको आयोजना गरीएको राष्ट्रिय समन्वय अधिकृत रुपलाल ऐडिले बताए ।
गत २१ गते बसेको समितिको बैठक अनुसार हालसम्म पहिलो किस्ता रकम प्राप्त गरिसकेका लाभग्राहीहरूले आगामी पुस महिनाभित्र दोस्रो किस्ता लिइसक्नु पर्ने र २०७६ वैशाख महिनाभित्र तेस्रो किस्ता लिइसक्नु पर्ने जनाएको छ ।