
भोजपुर,३० भदौ ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका लागि न्याय माग गर्दै भोजपुरमा पनि प्रदर्शन भएको छ ।
‘निर्मलाको निम्ति न्याय’ अभियान अन्तर्गत भोजपुरमा स्वतः स्फुर्त रुपमा प्रदर्शन गरिएको हो । बलात्कारविरुद्ध आवाज उठाउन भन्दै भोजपुर सदरमुकाममा रहेको सहिदपार्कबाट जिरोप्वाइन्ट र जिरोप्वाइनटबाट पुन चारभञ्ज्याङ सम्म शान्ती पूर्ण ¥याली निकालिएको हो ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५२ दिन भैसक्दा समेत दोषीको पहिचान अझै हुन नसकेको भन्दै भाजपुरमा पनि मौन जुलुस निकालिएको हो ।














