
भोजपुर, २१ भदौ ।
भोजपुरको पौवादुङ्मा गाउँपालिकाले चालु आर्थिक वर्षको वजेट निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५/७६ लागि सवै शिर्षकमा गरि २४ करोड १३ लाख २ हजार वजेट पारित गरेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले तेस्रो गाउँ सभामा वजेट तथा निति कार्यक्रम सार्वजनिक गर्दै जानकारी दिईन् ।
गाउँपालिका अध्यक्ष किरण राईले गाउँ वस्ती तथा वडा कार्यालयबाट आएका योजना तथा कार्यक्रमलाई लामो समय सम्म छलफल गरेर उचित ढंगबाट वजेट विनियोजन गरेको वताए ।उनले समृद्ध गाउँपालिका निर्माणको लागि आफु लागि परेको वताउद,ै जनताको आवश्यकता अनुसार वजेटले धान्न सक्ने तवरबाट सडक, खानेपानी कृषि, पर्टकिय क्षेत्र लगाएतलाई प्राथमिकता दिदै वजेट विनियोजना गरेको जानकारी दिए ।
उनले‘ गाउँपालिकाको श्रोत साधानले धान्न तवरबाट विकास योजना तयार गरेका छौ, गाउँपालिकाले योजनावद्ध ढंगबाट जनताको आवश्यकतालाई निर्धारण गर्दै काम अगाडी वढाउछ ।’

गाउँ सभाले स्थानिय सरकार संचालन ऐन २०७४ को १०२ वमोजिम ६ ओटा निति, विनियम तथा कार्यविधिहरु समेत पारित गरेको छ । पारित भएका निति विनियम तथा कार्यविधिहरुमा आर्थिक विद्येयक ऐन २०७५, वियोजन ऐन २०७५ वजेट ऐन २०७५, सार्वजनिक नीजि साझोदरुी सम्वन्धि निति २०७५, निति तथा कार्यक्रम २०७५ र नेपाल सरकारबाट जारी गरिएको उर्जा नीति तथा निर्देशिका २०७४ रहेको गाउँपालिकाका प्रवक्ता तथा ववडा ६ का वडा अध्यक्ष दिपक साम्पाङ्ग राईले जानकारी दिए।
गाउँपालिकाले गत आर्थिक २०७४/७५ मा विनियोजन भएको २२ करोड १३ लाख वजेट मध्ये २० करोड अर्थात ९० प्रतिशत वजेट कार्यान्वयन भएको जानकारी दिएको छ ।
गाउँपालिकाले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । गाउँपालिकाले १४ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २२ लाख संकलन गर्न सफल भएको हो ।














