नेकपा प्रवक्ता ‘प्रकाण्ड’ जिल्ला अदालत भोजपुरमा


भोजपुर,२० भदौ । प्रहरीले नेकपा विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई जिल्ला अदालत भोजपुरमा उपस्थित गराइएको छ ।

विश्वकर्मालाई गएको चुनावमा हाल प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको चुनावी अभियानको टोलीमााथि गत २८ कात्र्तिकमा भोजपुरको पिखुवा खोलामा गोली हानेको अभियोगमा उजुरी परेकोले भोजपुर ल्याइएको हो । संघ र प्रदेशसभाको निर्वाचनको प्रचार प्रसारको क्रममा राईमाथि आक्रमण भएको थियो ।

प्रकाण्डविरुद्ध जिल्ला अदालत भोजपुरमा ३ वटा मुद्धा दायर भएको जिल्ला अदालत भोजपुरले जनाएको छ । उनिविरुद्ध जिल्ला अदालत भोजपुरमा विस्फोटक पदार्थ र ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ । अदालतमा प्रकाण्डको वयान लिने काम भैरहेको र वयान सकिएपछि वुधवार नै वहस हुने अदालतले जनाएको छ ।

प्रकाण्डको पक्षबाट तीनजना वकिलले बहस गर्दैछन् । नुवाकोटबाट काठमाडौं विराटनगर हुँदै प्रकाण्डलाई मंगलवार राति भोजपुर ल्याइएको हो ।

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र चक्रबहादुर जोशीको इजलासले प्रकाण्डलाई थुनामुक्त गर्न सोमबार तेस्रो पटक आदेश दिएको थियो । त्यस्तै यसअघि भदौ १ र ७ गते पनि सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको थियो । तर सर्वोच्चको आदेश कार्यान्वयन नहुँदै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार