भोजपुरमा अज्ञात रोगका कारण विद्यार्थी विरामी भएसंगै विद्यालय वन्द


भोजपुर,२० भदौ ।
अज्ञात रोगबाट विद्यार्थी विरामी हुन थालेपछि जिल्लाको एक विद्यालय नै वन्द गरिएको छ । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका –६ मा रहेको जनोद्धय माध्यमिक विद्यालय वुधवारबाट तीन दिनको लागि वन्द गर्नु परेको विद्यालयले जनाएको छ ।

एक साता अघिबाट छात्राहरुमा रुने कराउने, काम्ने, र वेहोस हुने जस्ता समस्या देखिए पछि विद्यालय नै वन्द गर्ने निर्णय गरिएको विद्यालयका सुचना अधिकारी इच्छा कुमार राईले जानकारी दिए ।

एक हप्ता अवधीमा १२ जना छात्रा बेहोस भएको उनको भनाई छ । वडा अध्यक्ष उद्धव राई सहित विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघको छलफलपछि विद्यालय बन्द गर्ने निर्णय भएको सुचना अधिकारी राईले वताए । अज्ञात रोगका कारण विद्यार्थी विरामी पर्न थालेपछि पठन पाठन समेत प्रभावित भएको छ ।

अज्ञात रोगका विषयमा गाउँपालिका र वडा कार्यालयलाई लिखित जानकारी दिइएको र जन स्वास्थ्य कार्यालयमा पनि मौखिक जानकारी गराइएको विद्यालयले जनाएको छ । गत वर्ष पनि केहि विद्यार्थीमा यस्तो समस्या देखिएको विद्यालयको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार