भोजपुरमा ११ वर्षीय वालिकाको वलत्कार पछि हत्या, ‘परिवारलाई भन्छु, भनेपछि घाँटी थिचेर मारेको वयान’


भोजपुर,१८ भदौ ।
जिल्लाको साल्पासिलिछो गाउँपालिकामा ११ वर्षीय वालिकाको वलत्कार पछि हत्या भएको प्रहरीले जनाएको छ । गत ११ भदौमा शंकास्पद अवस्थामा सुतेकै स्थानमा मृत भेटिएकी वालिकाको वलत्कार पछि हत्या गरेको अभियुक्तले स्वीकार गरेको प्रहरी जनाएको छ । साल्पासिलिछो गाउँपालिका– ६ सालेवामा ११ वर्षीय बालिका रचना राई सुतेकै स्थानमा मृत फेला परेकी थिइन् ।वालिकाको करणी गरि हत्या गरेको अभियोगमा वालिकासंगै सुतेका साइनोले मामा पर्ने संखुवासभाको खादवारी नगरपालिका –२ वस्ने २० वर्षीय संजय राईलाई पक्राउ गरि कर्तव्य ज्यानमा मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।प्रारम्भिक वयानको क्रममा अभियुक्त राईले आफुले करणी गरेको र वालिकाले वुवा, आमालाई सुनाउछु भने पछि घाँटी थिचेर मारेको वताएको सुचना अधिकारी चरित्र विक्रम कार्कीले जानकारी दिए ।
उनले भने‘ प्रहरीसंगको प्रारम्भिक वयानमा वलत्कार पछि हत्या गरेको स्वीकार गरेको छ, हामीले मुद्धा चलाइ सक्यौ, पोष्टमार्टम रिर्पोट पछि थप तथ्य पुष्टी हुन्छ।’वालिकाका वुवा २७ वर्षीय मिलन राईले वालिकाको करणी पस्चात भएको गरिएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएको प्रहरीको भनाई छ ।अभियुक्त राईलाई म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । वेलुका सुतेकी वालिका भदौ ११ गते विहान शंकास्पद रुपमा मृत फेला परेकी थिइन्। मृतक वालिका आमा धनमणी राई र सौतेनी बाबु राजन राईसँग बस्दै आएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार