भोजपुर, १६ भदौ ।
श्रीकृष्ण जन्माअष्टमीको अवसरमा ऐतिहासिक धार्मीक तथा पर्यटकिए स्थल टक्सार वजारमा दुई दिन सम्म सञ्चालन हुने मेलाको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
विगतका वर्षहरुमा झैं यस वर्ष पनि श्री कृष्ण जन्म अस्टमीको अवसरमा साउन १७ र १८ गते मेलाको आयोजना गरिएको हो ।
मेलामा भगवान श्रीकृष्णको रथ परिक्रमा, विभिन्न जात जातिकोे झाँकी सहित ऐतिहासिक लाखे नाच , रमाईलो खेलहरु ,टक्सारमा बनाएका धातुका सामाग्री विक्री तथा प्रर्दशनी लगाएका कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
ऐतिहासिक मेला श्री कृष्ण जन्मष्टमी जात्रा मूल व्यवस्थापन समिति टक्सारको आयोजनामा सञ्चालन हुन लागेको प्रचार विभाग प्रमुख विमल रणपंहेलीले जानकारी दिए ।