ट्राफिक प्रहरीलाई सामग्री हस्तान्तरण


भोजपुर,१४ भदौ
जिल्ला समन्वय समिति भोजपुरले ट्राफिक प्रहरी पोष्ट भोजपुरलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ । कार्यालयले फर्निचर र विद्युतीय सामाग्री लगाएत गरि ३ लाख बराबरको सामाग्री हस्तान्तण गरेको हो ।

महिला विकास कार्यालय खारेजी भएसंगै त्यहाँबाट आएका सामग्री मध्ये केहि ट्राफिक प्रहरी पोष्टलाई दिएको हो । जसमा अफिस टेबुल २ थान, ¥याक १ थान, काठको दराज १ थान, कुर्सी ४ थान, फोटोकपी मेसीन, कम्प्युटर, इन्भटर, व्याट्रि १/१ थान दिइएको जिल्ला समन्वय समिति भोजपुरले जनाएको छ ।

ट्राफिक प्रहरीको कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनका लागि सामाग्री हस्तान्तरण गरीएको जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार