भोजपुर च्याङगे्रली सद्दभाव सेवा समाजको तेस्रो बार्षिक साधारण सभा सम्पन्न


भोजपुर,१० साउन ।
भोजपुर च्याङगे्रलीसद्धभाव सेवा समाज शाखा कार्यालय पौवादुङमा भोजपुरको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा मार्फत नयाँ कार्य समिति चयन गरिएको छ ।
नयाँ समितिको अध्यक्षमा नगेन्द्र भुजेल, वरिष्ठ उपाध्यक्ष गंगा बहादुर थापा, उपाध्यक्ष पदम बहादुर बोहोरा, महासचिव मनोज कार्की, सचिव सन्तोष मुक्मिन राई, कोषध्यक्ष गोविन्द राई सहित १२ सदस्य कार्य समिति चयन गरीएको छ ।

भोजपुर च्याङगे्रली सद्धभाव सेवा समाज काठमाडौंका अध्यक्ष उमेश जङ थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको विशिष्ट अतिथि गाँउपालिका अध्यक्ष किरण राई रहेको पौवादुङमा गाउँपालिकाका सुचना प्रविधि अधिकृत महेश निरौउलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार