भोजपुरमा गैर दलितसंग विवाह गरेको भन्दै कुटपीट


भोजपुर,२७ साउन ।
गैर दलित समुदायको युवतीसंग विवाह गरेको भन्दै कुटपीट भएको छ ।

भोजपुरको अरुण गाउँपालिका –४ चरम्वी डाँडा टोलका निशान नेपाली र स्थानिय सुस्मीता राईले प्रेम विवाह गरेपछि सुस्मीता पक्षका व्यक्तीहरुले निशानकी आमा, वहिनी तथा ठुलो वुवालाई मरासन्न हुने गरि कुटपीट गरेको तथा ९ घरधुरी दलित वस्तीका मानिसहरुलाई समेत आक्रन्त पारेको भन्दै जिल्लामा दलितको क्षेत्रमा काम गरिरहेका ६ ओटा दलित संघ सस्थाले विज्ञप्ती समेत जारी गरेका छन् ।

विज्ञप्ती मार्फत स्थानिय ३२ वर्षीय भोजन राई सहितको अन्य तीन जनाको टोलीले कुटपीटसंगै वस्तीलाई आक्रन्त पारेको भन्दै कारवाहीको माग गरिएको छ ।
नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चाका अध्यक्ष वविन्द्र रसाईली, नेपाल दलित संघका उपाध्यक्ष अनिल विक, नेपाल उत्पीडित जाजिय मुक्ती मोर्चाका सचिव विमल रणपहेली, दलित उत्थान ग्रामिण समाजका उपाध्यक्ष भुवन दर्जी, दलित सीप विकास केन्द्रका सचिव मोहन दुराल र नगर स्तरिय दलित संञ्जालका अध्यक्ष दुर्गा रणपहेलीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ,

‘नेपालको संविधान २०७२ र जाजिय छुवाछुत तथा भेदभाव कसुर तथा सजाय ऐन २०६८ को मर्म र भावना अनुरुप न्याय र कानुनको खिल्ली उडाउदै दिन दाहारै सिंगो वस्ती नै आक्रन्त पार्ने गरि समाजको सामाजिक सद्भाव खलवलाउने गरि भएको यस घटनाका दोषीलाई तत्काल पक्राउ गरि हदै सम्मको कारवाही गरि पिडितलाई उचित क्षतिपूर्ती सहित उक्त समाजमा सम्मानजनक ढंगले वसोवास गर्ने वातावरण मिलाउन नेपाल सरकार तथा सरोकारवाला निकायसंग जोडदार माग गर्दछौ’ । उनीहरुले गत १९ साउनमा प्रेम विवाह गरेको विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार