
भोजपुर । गुल्मीको संचार जगतमा चर्चित नाम हो तुलसिंह रनपछाई । जसले एक दशकदेखि विभिन्न एफएम रेडियोहरुमा लोक गीत संगितको कुरा गरिरहेको छ । भने आफैले विभिन्न लोक गीत मार्फत स्रोता तथा दर्शकहरुको सांगीतिक तृर्खा मेटाउने काम पनि गरिरहेका छ । गत बर्ष ‘ढंग भए पो रंग हुन्छ नाच्न’ भन्ने तीज गीत मार्फत थप चर्चा बटुले ।
भने बुधबार आशिष म्युजिक प्रालि मार्फत ‘जान्न नभन’ तीजको कोशेली बजारमा ल्याएका छन् । जसमा गायक तथा संचारकर्मी तुलसिंह रनपछाई र शिलु भट्राईको स्वर रहेको छ । भने चर्चिक गायक तथा शब्द संकलक शिव हमालको लय तथा शब्दले गीतलाई मार्किक बनाएको छ । मोडल लोमश शर्मा र स्मृति तिमिल्सेना (गुरु आमा)ले गीतमा अभिनय गरेका छन् ।
भने निर्देशन गुरुआमाकै रहेको गीतका निर्माणकर्ता रनपछाईले बताए । उनले पुरानो भाका र शव्द सहितको मौलिकता गीतमा भएकाले दर्शक र स्रोताका माझमा यो गीत उत्कृष्ट हुने आशा व्यक्त गरे ।















