द्वन्द्व मच्चाउन चाहनेलाई असफल बनाइने छ: मुख्यमन्त्री राई


भद्रपुर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकमा राजनीतिक अस्थिरता सिर्जना गरेर द्वन्द्व मच्चाउन चाहनेहरुलाई असफल बनाइने बताएका छन् ।

झापाको ऐतिहासिक व्यापारिक केन्द्र धुलाबारीमा आज अतिथि निवासको रजत महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले एउटै दलले पाँच वर्ष सरकार चलाउन पाउने गरी जनादेश प्राप्त भएको यथार्थ बिर्सेर परिवर्तन विरोधी केही तत्वले मुलुकमा भाँडभैलो मच्चाउन र मौका पाउनासाथ टाउको उठाउन खोजेको आरोप लगाए ।
उनले प्रदेश संसद्को चालू अधिवेशनबाटै प्रदेश नं १ को नाम र स्थायी राजधानी तोकिने जानकारी दिँदै सिङ्गो मुलुक र प्रदेश नं १ को पूर्वी प्रवेशद्वार मेची नगरलाई नमुना नगर बनाउने योजनामा सघाउन प्रदेश सरकार तयार रहेको बताए । उहाँले सुस्ताएको धुलाबारीलाई आधुनिक, समृद्ध र पुनर्जागृत गर्न इलामसँग जोडिने सडकमा लगानी गरिने जानकारी दिँदै अतिथि निवासलाई आधुनिक पूर्वाधार थप्नका लागि आवश्यक बजेट सहयोग गरिने आश्वासन दिएका छन् ।

विसं २०४८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अतिथि निवास भवनको उद्घाटन गरेकोसंस्थाका अध्यक्ष सुरेशकुमार अग्रवालले बताए । सो अवसरमा २७ वर्षअघि अतिथि निवास निर्माणमा योगदान पु¥याउने २७ समाजसेवीलाई सम्मान गरिएको थियो । अतिथि सदन तीन कठ्ठा जग्गामा रहेको छ । समुदायलाई सरल मूल्यमा सभाकक्ष र आवास सुविधा उपलब्ध हुने गरी यहाँ तीन सभागृह, २१ कोठा र एक भोजनगृह छ । अतिथि निवास निर्माणमा रु एक करोड छ लाख खर्च भइसकेको संस्थाका उपाध्यक्ष हरि प्रसाईँले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार