भोजपुरको टेम्केमैयुङ्ग गापाको वडा–६ र ७ कोटमा एम्वुलेन्स सञ्चालनमा


भोजपुर, २० साउन ।
जिल्लाकोे टेम्केमैयुङ्ग गाउँपालिका वडा–६ र ७ कोटमा एम्वुलेन्स सञ्चालनमा आउने भएको छ । माछापुच्छ्रे वैक, भोजपुर कोट सेवा समाज, स्थानिय, कोटबाट वैदेशिक रोजगारीमा रहेका व्यक्ति व्यक्तित्व, लगाएत अन्य व्यक्तिहरुको आर्थिक सहयोगमा एम्वुलेन्स खरिद गरिएको हो ।
एम्वुलेन्स माछापुच्छ्रे वैकको तर्फबाट ४ लाख ९२ हजार ५ सय, कोटवासी जनताबाट एक लाख ५५ हजार ८ सय, भोजपुर कोट सेवा समाजबाट १ लाख १५ हजार , दिप वहादुर राई मार्फतमा यूकेबाट २ लाख ९८ हजार ६ सय ६४ र अन्य विभिन्न व्यक्तीको सहयोग गरि १५ लाख ८४ हजार ६ सय १९ रुपैयामा खरिद गरिएको भोजपुर कोट सेवा समाजले जनाएको छ ।

शनिवार काठमाण्डौमा समाजले एक कार्यक्रमका विच एम्वुलेन्स वडा नं -७ का वडा अध्यक्ष उद्धव कुमार राईलाई हस्तान्तरण गरेको हो । साथै एम्वुलेन्स सञ्चालनका लागि ६ लाख ५० हजारको चेक समेत अध्यक्ष राईलाई हस्तान्तरण गरिएको छ । एम्वुलेन्सको चावी माछापुच्छ्रे वैकका सञ्चालक, जय मुकन्ड खनाल र भोजपुर कोट सेवा समाजका अध्यक्षले एक साथ हस्तान्तरण गरेका हुन् ।

यस अघि माछापुच्छ्रे वैकको साखा उद्घाटनका क्रममा वैकका सञ्चालक गोपी प्रसाद न्यौपानेले वडालाई एम्वुलेन्स दिने तयारी भएको जानकारी दिएका थिए । भोजपुरको कोटमा जन्मेका न्यौपाने सात वर्ष देखि यस वैकको सञ्चालकको रुपमा रहेका छन् । न्यौपानेले जिल्लाको विभिन्न सामजिक काममा सहयोग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार