तेह्रथुमरईलाका मालपोत कार्यालय आठराईका निमित्त प्रमुख नायव सुब्बा शंकर प्रसाद दाहाललाई २५ हजार रुपैंया घुस सहित अख्तियारको टोलीले शुक्रबार अपरान्ह १स्३० बजे पक्राउ गरेको छ ।
सेवाग्राहीसँग घुस लिदै गरेको दाहाललाई अख्तीयार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीबाट आएको टेलीले प्रकाउ गरेको हो । अख्तियार ईटहरीका प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डे नेतृत्वको टोलीले आफ्नै कार्यकक्षबाट घुस रकम सहित नियन्त्रणमा लिएको निमित्त प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले बताए । कार्यालय प्रमुख दाहाल अख्तियारकै नियन्त्रणमा रहेको निमित्त प्रजिअ घिमिरेले बताए ।