
काठमाडौं १३ साउन । नेपालले मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी०लाई ९ विकेटले पराजित गरेको छ । लर्ड्समा वर्षाले प्रभावित खेलमा नेपालले ६ ओभरमा ४१ रनको लक्ष्य पाएको थियो । जसलाई मात्र १ विकेट गुमाएर पुरा गर्यो ।
नेपालका सुवास खकुरेलले १६ र उपकप्तान ज्ञानेन्द्र मल्ल १२ रनमा अविजित रहे । पहिलो विकेटका रुपमा आउट भएका अनिलकुमार साहले ९ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको माहेला जयवर्दने नेतृत्वको एमसीसीले ६ ओभरमा ४ विकेट गुमाएर ४० रन बनाएको थियो । जयर्वदने २४ रनमा अविजित रहे । सोपाल कामीले २ विकेट लिँदा शक्ति गौचनले एक विकेट आफ्नो नाममा लेखाएका छन् ।