भोजपुर नगरपालिकाको वजेट ३९ करोड वढी, पौवादुङ्मा गापाको ८० प्रतिशत योजना सम्पन्न


भोजपुर, ३२ असार । पौवादुङ्मा गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा पुँजीगत ८० प्रतिशत वजेट कार्यन्वयन भएको जनाएको छ । गाउँपालिका सोमवार सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत यस्तो जानकारी दिएको हो ।

गाउँपालिकाले  यस आर्थिक वर्षमा कुल २२ करोड, २९ लाख ८१ हजार वजेट  विनियोजन गरेको थियो । जस मध्ये पुजीगत तर्फको ११ करोड ३० लाख १३ हजार वजेटबाट ८० प्रतिशत योजना तथा कार्यक्रम सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत शालिकराम भट्टराईले जानकारी दिए ।

कार्यक्रममा सहभागीहरुले गाउँपालिकाले सञ्चालन गरेका विभिन्न योजना तथा कार्यक्रमको वारेमा आफ्नो जिज्ञासा राखेका थिए । कार्यक्रममा वोल्दै गाउँपालिकाका अध्यक्ष किरण राईले गाउँपालिकाको विषयमा आफुसंगै आफ्नो टिम दृढसंकल्पका साथ लागेकाले सवै गाउँपालिकावासीलाई सहयोग गर्न आग्रह गरे ।
उनले स्वास्थ्य शिक्षा, यातयात खानेपानी, विद्युत, खेल क्षेत्र लगाएतको विकासमा विषेश योजनाका साथ लागेको वताउदै, कुनै पनि कुराको हल्लाको भरमा नलागि जनप्रतिधि गलत वाटोमा लागेको भेटेमा खवरदारी गर्न समेत सवैलाई आग्रह गरे ।

भोजपुर नगरपालिकाको वजेट सार्वजनिक

भोजपुरको नगरपालिकाले चालु आर्थिक वर्षमा सम्पन्न भएका योजना तथा कार्यक्रम र आगमी आर्थिक वर्ष २०७५/ ७६ को वजेट निति तथा कार्यक्रम वारे जानकारी गराएको छ ।
नगरपालिकाले सोमवार सार्वजनिक सुनवाई कार्यक्रम मार्फत नगरपालिकाको गातिविधिको वारेमा जानकारी गराएको हो । कार्यक्रम मार्फत आर्थिक वर्ष २०७४ / ७५ मा ५ सय बढि योजना तथा कार्यक्रम सम्पन्न जानकारी दिएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/ ७६ का लागी ल्याएको निति तथा कार्यक्रम सार्वजनीक गरेको छ । नगरपालिकाले आगमी आर्थिक वर्षका लागि ३९ करोड ७१ लाख ९७ हजार २ सय को बजेट सार्वजनिक गरेको छ ।

जस अनुसार वित्तिय समानिकरण अनुदान रु १० करोड ३ लाख, राजस्व बाँडफाँड तर्फ ६ करोड ९१ लाख ५४ हजार, सर्सत अनुदान २० करोड ६ लाख, प्रदेश सरकार वित्तिय समानिकरण अनुदान रु ३५ लाख ३७ हजार, सवारी साधन करको राजस्व बाँडफाड १ करोड १५ लाख २८ हजार, आन्तरीक राजस्व तर्फ १ करोड २० लाख ७८ हजार लगाएत गरि सो बराबरको बजेट मेयर कैलाश कुमार आलले सार्वजनिक गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार