भोजपुर, ३१ आसर ।
हिहल्ड नेपाल भोजपुरको २१ औं साधारण सभा सम्पन्न भएको छ ।
सभा मार्फत संस्थाले तीन कर्मचारीलाई सम्मान पत्र र दोसल्लाद्धारा सम्मान गरेको छ । सम्मानित हुनेमा फिल्ड सुपरभाइजर टिकाराम श्रेष्ठ, हिमाल धन राई, र सामुदायिक पोषण सहजकर्ता अस्मीता तामाङ रहेकी छिन् ।
सभामार्फत आगामी आर्थिक निति तथा प्रशासनीक नियमावाली समेत संशोधन गरेको छ । कार्यक्रम हिहल्ड नेपालका अध्यक्ष शरण कुमार राईको अध्यक्षतामा सम्पन्न भएको हो ।